मह जोडीको ‘महापुरुष’ भाइटीकाको भोलिपल्ट प्रदर्शन हुने
काठमाडौं–प्रदीप भट्टराईको निर्देशनमा बनेको फिल्म ‘महापुरुष’को फर्स्ट लुक सार्वजनिक भएको छ ।
फिल्मको निर्माण पक्षले आइतबार फिल्मको औपचारिक पोस्टरसँगै प्रदर्शन मिति घोषणा गरेको हो।
सार्वजनिक गरिएका दुई पोस्टरमा फिल्मका अभिनेता हरिवंश आचार्य समेटिएका छ्न्। एक पोस्टरमा हरिवंश पिंजडाबाहिरको सुगालाई हेरेर बसेका छन् भने अर्को एक पोस्टरमा हरिवंश र गौरी मल्ल दुलाहादुलहीको पोशाकमा देखिएका छन्।
फिल्ममा हरिवंशसँगै मदनकृष्ण श्रेष्ठको पनि मुख्य भूमिका रहेको छ। त्यस्तै, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, अरुण क्षेत्री र अञ्जना बराईलीलगायतको पनि अभिनय रहेको छ।
यो फिल्म निर्देशक प्रदिपको चौथो फिल्म हो। फिल्मको कथालाई उनले नै लेखेका छन्। फिल्म षट्कोण आर्टस्को ब्यानरमा निर्माण भएको छ ।
निर्माण पक्षकाअनुसार फिल्म कात्तिक ११ गतेबाट देशैभर प्रदर्शनमा आउनेछ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ २१:३६
प्रतिक्रिया दिनुहोस्