Nic Ad Nic Ad
Nic Ad Nic Ad

शिवको स्वरुपको अर्थ के हो ? किन शिवलाई साउनमा पानी चढाउने ?

शुक्रबार, मंसिर ९, २०७९
भगवान शिव भन्नासाथ कम्मरमा बाघको छाला बाँधेका, एक हातमा डमरु र अर्कोमा त्रिसुल बोकेका, सर्पको माला लगाएका, तीन नेत्र भएका, जटाधारी आकृति सम्झन्छौ । आखिर भगवान शिवको यस्तो रुप वा स्वरुपको अर्थ के छ ? शिव स्वरुपको रचना विशिष्ठ एवम् अर्थपूर्ण छ । शिवको जटालाई वायुमण्डल, त्यसमा सिउरिएको चन्द्रमालाई मन, डमरुलाई ध्वनी एवम् संगीतको प्रतिक मानिन्छ । शिवले कम्मर मुनी बाघको छाला बाँधेका छन् । बाघ हिंसाको प्रतिक हो । बाघको छाला कम्मरमुनी बाँध्नुको अर्थ हिंसालाई दबाउनुपर्छ भन्ने मान्यता रहेको विश्वास गरीन्छ । यस्तै, शिवको आकृतिमा समानन्तर तीन वटा आँखा हुन्छ । बीचको तेस्रो आँखालाई अलौकिक सृष्टिको प्रतिक मानिन्छ । त्रिसुलको तीनवटा शूलले उदय, संरक्षण र विनासको संकेत गर्छ । सर्पले पर्यवरणमा रहेको विषाक्त पदार्थलाई आफ्नो गलामा समाहित गर्छ । शिवजीले सर्पको माला लगाउनुको अर्थ पनि पर्यावरणको शुद्धतासँग जोडिएको छ । किन शिवलाई साउनमा पानी चढाउने ? शिवलाई साउनमा पानी चढाउनुको सांकेतिक अर्थ हो, पानी र सृष्टिको महत्वलाई दर्शाउनु । चराचर जगत पानीमै आश्रति छ । पानीको अभावमा सृष्टि सम्भव छैन । शिवलिंगलाई सृष्टिको प्रतिक मानिन्छ । साउनमा शिवलाई पानी चढाउनुमा अविरल पानीको स्रोत भएको स्थानबाट सुख्खा स्थानमा पानीले सिंचित गर्नुपर्ने प्रतिकात्मक सन्देश समेत मानिन्छ । यस सम्बनधमा धार्मिक कथन पनि छ । धार्मिक कथन अनुसार विषपानका कारण शिवको कण्ठ नीलो भयो । भगवान शिवले समुन्द्र मन्थन गर्दा निस्किएको कालकुट नामक विषलाई आफ्नो कण्ठमा समाहित गरेर सृष्टिको रक्षा गरेका थिए । त्यसरी आफ्नो कण्ठमा समाहित गरेको विषको जलन शान्त पार्नका लागि देवी देवताले उनलाई जल अर्पण गरे । यहि क्रम अहिलेसम्म चलिआएको समेत मान्यता छ ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:०२
प्रतिक्रिया दिनुहोस्