Nic Ad Nic Ad
Nic Ad Nic Ad

डेब्यु खेलमा नै हालान्ड नायक बन्दा सिटीको सहज जित

बिहीबार, मंसिर ८, २०७९
प्रिमियर लिगको डेब्यु खेलमा नै उत्कृष्ट प्रदर्शन गरेका इरलिङ हालान्डको दुई गोलको मद्दतले म्यानचेस्टर सिटीले वेष्ट ह्यामविरुद्ध सहज जित निकालेको छ । यसका साथै सिटीले प्रिमियर लिगको उपाधि रक्षा गर्ने अभियानमा बलियो सुरुवात गरेको छ । वेष्ट ह्यामको घरेलु मैदान लण्डन स्टेडियममा भएको खेलमा हालान्डले खेलको सूरुवातबाट नै उत्कृष्ट खेल देखाएका थिए । यसै सिजन बोरुसिया डर्टमुण्डबाट म्यानचेस्टर सिटीमा अनुबन्ध भएका हालान्डले आफ्नो रवाफलाई वेष्ट ह्यामविरुद्ध पनि देखाउन सफल भए । खेलको २७ औं मिनेटमा सिटीले खेलमा गोल गरेपनि रेफ्रीले त्यसलाई मान्यता दिएनन् । हालान्डले डिब्रुइनलाई दिएको बलमा पाएको पासलाई गुन्डोगनले प्रहार गरेपनि त्यसलाई अफसाइड दिइयो । खेलको ३५ औं मिनेटमा सिटीले पेनाल्टी पायो । हालान्डलाई वेष्टह्यामका गोलकिपरले फल गरेपछि पाएको पेनाल्टीलाई हालान्डले नै गोल गरे । पहिलो हाफमा एक शुन्यको अग्रता बनाएको सिटीले ६० औं मिनेटमा अर्को मौका पाएको थियो । डी ब्रुइनको क्रसमा गुन्डोगनले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । खेलको ६५ औं मिनेटमा सिटीले खेल दुई शुन्यमा पुर्यायो । यसपटक पनि हालान्डले गोल गर्न सफल भए । उनले केभिन डी ब्रुइनाको पासको सदुपयोग गरेका थिए । हालान्ड प्रिमियर लिगको पहिलो खेलमा नै उत्कृष्ट सुरुवात गर्न सफल भए । त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र सिटीले पहिलो खेलबाट स्पष्ट तीन अंक हात पार्यो । खेलको म्यान अफ दी म्याच हालान्ड नै बने । हालान्डले डेब्यु खेलमा नै ९१ प्रतिशत पास एक्युरेसी राखे भने २१ पास पुर्णरुपमा गरेका थिए । यस्तै पाँच सटमा दुई सट फ्रेममा राख्दै गोल गरेका थिए । दुई वटा राम्रो मौका गुमाउँदा एक गोल पेनाल्टीबाट गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:३३
प्रतिक्रिया दिनुहोस्