Nic Ad Nic Ad
Nic Ad Nic Ad

झूटो नसहनु : एक प्रेरक प्रसङ्ग

शुक्रबार, मंसिर ९, २०७९
जर्ज वाशिङ्टन अमेरिकाका पहिलो राष्ट्रपति थिए । जब उनी केवल ६ वर्षका थिए तब उनले आफ्ना बाबुबाट उपहारस्वरूप एउटा सानो बन्चरो पाए । जर्जलाई त्यो बन्चरो राम्रो लाग्यो र उनले यसको प्रयोग गर्ने बारेमा सोचे । उनी बगैँचामा गए र साना साना बिरुवाहरूमा बन्चरो चलाउन थाले र पछि स्याउको रूख काट्न थाले । त्यो रूख धेरै मोटो थियो । यसैले धेरै गहिरोसँग काटिसक्दा पनि ढलेन । साँझमा बगैँचामा घुम्दै जब उनका बाबुले रुखको यस्तो हालत देखे तब उनलाई धेरै रिस उठ्यो । उनले चिच्याउँदै सोधे, यो कसले गर्‍यो ? जसले गरेको हो, उसको खैर छैन । जर्जले सबै कुरा सुने तब डराउँदै डराउँदै बाबुको अगाडि आएर भने, यो सब मैले गरेको हुँ । यति भन्दै उनी दण्डको प्रतीक्षा गर्न थाले । तब उनका बाबुले उनलाई काखमा राखेर भने, मलाई धेरै खुशी लाग्यो, तिमीले सबै कुरा साँचो साँचो बतायौ । म आफ्नो सारा रुखको हानी सहन गर्न सक्दछ तर आफ्नो छोराले झुट बोलेको सहन सक्दिनँ । साभार  : ‘प्रेरक
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:०२
प्रतिक्रिया दिनुहोस्