Nic Ad Nic Ad
Nic Ad Nic Ad

कमनवेल्थ गेम्स: भारत अस्ट्रेलियासँग ९ रनले पराजित

बिहीबार, मंसिर ८, २०७९
लण्डन– बर्मिङ्घममा जारी कमनवेल्थ गेम्सको महिला क्रिकेटको फाइनलमा अस्ट्रेलियाले भारतलाई ९ रनले पराजित गर्दै स्वर्ण पदक जितेको छ । बर्मिङ्घमको एजब्यास्टन मैदानमा भएको फाइनल खेलमा अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्दै भारतलाई १ सय ६२ रनको लक्ष्य दिएको थियो । जवाफमा भारतीय टोलीले तीन बल बाँकी रहँदै सबै विकेट गुमाएर १५२ रन मात्रै बनाउन सक्यो तर, भारतीय टोलीका कप्तान हरमनप्रीतले उत्कृष्ट ब्याटिङ गरिन। उनले ३४ बलमा ५० रन पुरा गरिन् । यसअघि आइतबार राति भएको खेलमा न्युजिल्यान्डले इङ्ल्यान्ड महिला टोलीलाई ८ विकेटले पराजित गर्दै कास्य पदक जितेको थियो । कमनवेल्थ गेम्समा पहिलो पटक महिला क्रिकेट कमनवेल्थ गेम्समा महिला क्रिकेट खेलिएको यो पहिलो पटक हो । यससँगै कमनवेल्थ गेम्समा २४ वर्षपछि क्रिकेट पनि फर्किएको छ । यसअघि, पुरुष क्रिकेट सन् १९९८ को क्वालालम्पुर आयोजना भएका खेलमा खेलिएको थियो, जब १६ टोलीले ५० ओभरको खेलमा भाग लिएका थिए। त्यो खेलमा दक्षिण अफ्रिकाले स्वर्ण, अस्ट्रेलियाले रजत र न्युजिल्यान्डले कास्य पदक जितेको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:३३
प्रतिक्रिया दिनुहोस्