Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्र बैंकले ७ अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्दै, बोलकबोल आज अनलाइन माध्यमबाट हुने

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– नेपाल राष्ट्र बैंकले साउन भोली ७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रीय बैंकले भोली ९१ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो । यी ट्रेजरी बिलको आज बोलकबोल हुनेछ । राष्ट्र बैंकले ९१ दिनका लागि ७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो बिल आउँदो कात्तिक २२ गते परिपक्व हुनेछ । यो ट्रेजरी बिलको आज दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ । ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १०:०५
प्रतिक्रिया दिनुहोस्