Nic Ad Nic Ad
Nic Ad Nic Ad

सोफियाले ल्याइन् आवाज

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं– गायिका सोफिया थापाको स्वरमा रहेको गीत ‘आवाज’ सार्वजनिक भएको छ । गायिका थापाले लेखिका सिमोन द. बौउआरको पुस्तक ‘द सेकेण्ड सेक्स’को भनाई ‘महिला जन्मिदैँन, बनाइन्छ’सँग सहमत हुँदै गीत सार्वजनिक गरेको जनाएकी छन् । उनले गत वर्ष ‘अबको तीज नो ब्रत प्लिज’ बोलको गीत सार्वजनिक गरेकी थिइन् । जुन गीत विवादमा पनि तानिएको थियो । उनले महिलाले आफ्नो पर्व स्वतन्त्रतापूर्वक मनाउन स्वयंम महिलाले आफ्नो यतार्थतालाई पहिले बदल्न् सक्नु पर्छ भन्ने सन्देश दिन यो गीत बनाएको बताएकी छिन् । ‘आवाज’मा रमेश क्षितिजका शब्द र हरि लम्सालको संगीत गरेका छन् । नायिका शोभिता सिम्खडाले दृश्यमा विशेष उपस्थिति जनाएकी छिन् । गीतमा ग्राफिक्स भरत रेग्मीको रहेको छ । https://www.youtube.com/watch?v=5azvJGkbDRY
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १६:३९
प्रतिक्रिया दिनुहोस्