Nic Ad Nic Ad
Nic Ad Nic Ad

पश्चिम सेती निर्माणका लागि लगानी बोर्डले भारतको ‘एनएचपीसी’ सँग सम्झौता गर्ने

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ - पश्चिम सेती तथा सेती नदी-६ जलविद्युत् परियोजना विकासका लागि भारतीय कम्पनी एनएसपीसी लिमिटेडसँग लगानी बोर्डले प्रारम्भिक सम्झौता गर्ने भएको छ । आज (सोमबार) सिंहदरबारमा बसेको बोर्ड बैठकले पश्चिम सेती तथा सेती नदी- ६ जलविद्युत् परियोजना विकासका लागि एनएचपीसीसँग प्रारम्भिक सम्झौता गर्ने निणर्य गरेको हो । ७५० मेगावाट उत्पादन क्षमताको पश्चिम सेती र ३०८ मेगावाट उत्पादन क्षमताको सेती नदी- ६ आयोजना निर्माणको जिम्मा एनएचपीसीलाई दिनेगरी छिट्टै सम्झौता हुने बोर्डले जनाएको छ । लगानी बोर्डका सहसचिव अमृत लम्सालले ३२७ मेगावाटको अपर मर्स्याङ्दी २ जलविद्युत् परियोजनाको एमओयू गरेर यसको सर्वेक्षणको काम अघि बढाउने निणर्य पनि भएको बताए । त्यस्तै बोर्डको बैठकले तल्लो अरुण जलविद्युत् परियोजना सन्दर्भमा अध्ययन गरेर विस्तृत परियोजना प्रतिवेदनका बाँकी कामहरु गर्ने निणर्य गरेको छ । लम्सालले भने ‘अपर मर्स्याङ्दी २ जलविद्युत् परियोजनाको एमओयू गरेर यसको सर्वेक्षणको काम अघि बढाउने भन्ने कुरा भयो । माथिल्लो कणर्ाली जलविद्युत् परियोजनाको सहजीकरण गर्ने सन्दर्भमा लगानी बोर्डलाई अख्तियारी दिइएको छ ।’
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०९:३१
प्रतिक्रिया दिनुहोस्