Nic Ad Nic Ad
Nic Ad Nic Ad

नियममा नै बसेर काम गरेका छौँ, तत्काल संरचना खाली गर्न सक्दैनौं : नर्भिक अस्पताल

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले नर्भिक इन्टरनेसनल अस्पतालले लिजमा लिएको जग्गा खाली गर्न आदेश प्रति अस्पतालले आपत्ति जनाएको छ । महानगरपालिकाले हिजो २४ घण्टा भित्र उक्त जग्गा खाली गर्नुपर्ने पत्राचार गरेको थियो । आज पत्रकार सम्मेलनमा बोल्दै अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले आफूहरू सरकारको नियम भित्र नै रहेर काम गरिरहेको बताएका छन् । त्यस्तै नियम अनुसार दोस्रो पक्षले भाडामा लिएको उक्त जग्गा पहिलो पक्षले लिन चाहेमा ३ महिने अग्रिम सूचना दिनुपर्ने प्रावधान रहेको तर महानगर भने २४ घण्टा भित्र नै जग्गा खाली गर्नु पर्ने आदेश आएपछि महानगरको आदेश प्रति आपत्ति जनाएका छन् । महानगरको उक्त आदेशबाट बिरामीहरूको उपचारमा समस्या आउँछ तर महानगरपालिकाले भने यसलाई ध्यानमा नराखेको उनको भनाई छ ।  त्यस्तै सरकारको नियम विपरित आफूहरू नजाने बताउँदै भत्काउनै पर्ने अवस्था आएपनि जग्गा खाली गर्न आफूहरू तयार रहेको तर त्यसको लागी निश्चित समय तोकेर सूचना दिनु पर्ने उनको माग छ ।  अध्यक्ष  सिंहका अनुसार आफूहरूले नेपाल सरकारबाट सम्पूर्ण नियम पुरा गरेर सरकारको तर्फबाट भूमिसुधार कार्यलय काठमाडौँका भूमिसुधार अधिकारी लुम्वप्रसाद सिवाकोटी र नर्भिक इन्टरनेसनल अस्पतालका तर्फबाट बरिष्ठ प्रबन्धक मोहन प्रसाद खनालबीच सम्झौता सहित २०६५ साल जेष्ठका १ गते देखी लागू हुने गरी २० वर्ष सम्मको लागी भनेर लिजमा लिएका थिए । हाल उक्त जग्गामा अस्पतालको क्यान्टिन , अक्सिजन प्लान्ट जस्ता भाैतिक स‌रचना निर्माण गरिएकाे छ  ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०३:३८
प्रतिक्रिया दिनुहोस्