Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुगुका डिभिजन वन अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय मुगुका वन अधिकृत भरतबहादुर बुढथापासहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मुगुको छायाँनाथ रारा नगरपालिका-१४ अन्तर्गत पर्ने चंखेली हिमालदेखि दुधताल सातदहसम्म पर्यटकीय मार्ग निर्माण गर्ने क्रममा उनीहरुले रकम हिनामिना गरेको भेटिएपछि विशेष अदालत काठमाडौंमा आज मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारले आज मुद्दा दायर गरेका अन्यमा डिभिजन वन कार्यालय मुगुका सव-इन्जिनियर हिमाल कुमार मल्ल, सव-इन्जिनियर गोरसिंह बढुवाल, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्र बहादुर बुढा, उपाध्यक्ष गनलाल बढुवाल, कोषाध्यक्ष चौरसिला बुढा र सचिव लक्ष्मण बुढा रहेका छन् । अख्तियारले दायर गरेको मुद्दामा उनीहरुसँग २० लाख ४८ हजार ४०३ रुपैयाँ बिगो दाबी गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १३:०३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार