Nic Ad Nic Ad
Nic Ad Nic Ad

टेनिस स्टार सेरेना विलियम्सले लिइन् संन्यास

बिहीबार, मंसिर ८, २०७९
टोरन्टो– टेनिस महिला स्टार सेरेना विलियम्सले संन्यासको घोषणा गरेकी छन् । एक वर्ष कोर्टबाट बाहिर रहेपछि जुनमा फर्किएकी उनले युएस ओपनसँगै संन्यास लिने घोषणा गरेकी हुन् । उनले मंगलबार राति युएस ओपनपछि टेनिसबाट टाढा रहने घोषणा गरेकी हुन् । जुनमा सेरेना विम्बल्डन च्याम्पियनसिपबाट एक वर्षपछि टेनिसमा फर्किएकी थिइन् । ४० वर्षीय यी अमेरिकी खेलाडीले पछिल्लोपटक सन् २०१७ मा ग्रान्डस्लाम जितेकी थिइन् । उनले हालसम्म २३ ग्रान्डस्लाम जितेकी छन् । हाल टोरन्टो ओपन खेलिरहेकी सेरेनाले उक्त प्रतियोगिताको पहिलो खेलमा जित निकालेकी थिइन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:३३
प्रतिक्रिया दिनुहोस्