Nic Ad Nic Ad
Nic Ad Nic Ad

क्राइमियामा भण्डारण गरी राखिएको बारुदसहितका शस्त्र सामग्री विस्फोटन

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– रुसले आफ्नो भूभागमा गाभेको क्राइमिया प्रायद्वीपमा भण्डारण गरी राखिएको बारुदसहितका शस्त्र सामग्री विस्फोटन भएका छन् । रुसी पर्यटकहरूको प्रमुख पर्यटकीय गन्तव्य रहेको क्राइमियामा कुल १२ विस्फोटन भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । विस्फोटन युक्रेनले गराएको हुन सक्ने प्रारम्भिक आकलनको खण्डन गर्दै रुसले प्राविधिक गडबडीका कारण विस्फोटन भएको बताएको छ । विस्फोटनमा हाल सम्म एक जनाको मृत्यु हुनमा साथै थप केही घाइते भएका रोयटर्सले जनाएको छ । रुसले क्राइमियालाई युक्रेनबाट अलग्याएर सन् २०१४मा आफ्नो भूमिमा गाभेको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:२६
प्रतिक्रिया दिनुहोस्