Nic Ad Nic Ad
Nic Ad Nic Ad

ग्रिसमा डुङ्गा डुब्दा कैयौं व्यक्ति बेपत्ता

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ - एजियन सागरको रोड्स टापुमा गए राति शरणार्थी र आप्रवासी बोकेको डुङ्गा डुब्दा कैयौं व्यक्ति बेपत्ता भएका छन् । दुर्घटनामा परेका २९ जनालाई उद्धार गरिएको ग्रिसको तटरक्षक बलले बुधबार जनाएको छ । रोड्सको दक्षिणमा रहेको समुद्री क्षेत्रमा तटरक्षक बलका दुई जहाज, ग्रिक नौसेनाको जहाज, नजिकैका अन्य तीन जहाज र वायु सेनाको एक हेलिकप्टरले हराइरहेका मानिसहरूको खोजी तथा उद्धार जारी राखेको ग्रिसका अधिकारीहरूले बताएका छन् । यस क्षेत्रमा व्यापक आँधी आएका कारण तत्काल उद्धारमा बाधा पुगेको थियो । टर्कीको भूमध्यसागरीय तटको सबैभन्दा ठूलो सहर अन्टाल्याबाट दुई दिनअघि इटालीलाई अन्तिम गन्तव्य बनाई छुटेका डुङ्गामा ६० देखि ८० जना सवार ग्रिसको तटरक्षक बलले इमेलमार्फत जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। सन् २०१५ मा शरणार्थी र आप्रवासीहरूको ठूलो प्रवाह सुरु भएयता १० लाखभन्दा बढी मानिस ग्रिस पुगिसकेका छन् । सन् २०१६ को हिउँदमा बाल्कन मार्गको सीमा बन्द नहुँदासम्म अधिकतरले युरोपका अन्य देशहरूमा आफ्नो यात्रा जारी राखेका थिए । रासस/सिन्ह्वा
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:२५
प्रतिक्रिया दिनुहोस्