जम्मू कश्मीर: सेनाको क्याम्प नजिक आक्रमण हुँदा तीन भारतीय सैनिकको मृत्यु
जम्मु कश्मीर– जम्मु कश्मीरको राजौरी जिल्लाको दारहल क्षेत्रमा आज बिहान भारतीय सेनाको क्याम्प नजिक सुरक्षा बल र आक्रमणकारीबीच भिडन्त भएको छ ।
सेनाका एक वरिष्ठ अधिकारीका अनुसार यस भिडन्तमा तीन भारतीय सैनिकको मृत्यु भएको छ भने दुई चरमपन्थीको पनि मृत्यु भएको छ ।
अर्कोतर्फ, जम्मुका अतिरिक्त प्रहरी महानिदेशक मुकेश सिंहले लिखित बयान जारी गर्दै आक्रमणमा दुई आतंकवादीको मृत्यु भएको पुष्टि गरेका छन्।
मुकेश सिंहले आफ्नो बयानमा दारहाल प्रहरी चौकीबाट करिब ६ किलोमिटर टाढा रहेको सेनाको क्याम्प रहेको बताए । थप सुरक्षा बल घटनास्थलमा पठाइएको छ र क्षेत्रमा खोजी अभियान जारी छ।J&K | In a terrorist attack 25 kms from Rajouri, two terrorists carried out a suicide attack on an Army company operating base. Both terrorists killed while 3 soldiers lost their lives. Operations in progress.
(Visuals deferred by unspecified time) pic.twitter.com/Qt7TsAawki — ANI (@ANI) August 11, 2022
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०४:००
प्रतिक्रिया दिनुहोस्