Nic Ad Nic Ad
Nic Ad Nic Ad

साउनको अन्तिम बिहीबार बंगलामुखीमा भक्तजनको भीड

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– साउन महिनाको अन्तिम बिहीबार बंगलामुखीमा दर्शनार्थीको भीड लागेको छ । तन्त्रशास्त्र अनुसारका दस महाविद्या मध्ये बंगलामुखी पनि एक भएकाले बंगलामुखीको दर्शनबाट मनोकाक्षा सिद्धि हुने विश्वास गरिन्छ। ब्रह्माण्ड ध्वस्त गर्ने शक्तिशाली आँधी आएपछि त्यसको प्रभाव कम गर्न भगवान विष्णु सौराष्ट देशको हरीद्रा भन्ने तालमा मंगलबारको चतुरदशी तिथिको दिन आराधना गर्दा मध्यरातमा देवी बंगलामुखीको उत्पत्ती भएको पौराणिक मान्यता छ । शत्रुलाई संहार गर्नकोलागी बंगलामुखीको आराधनावाट सिघ्रफल प्राप्त हुन्छ भन्ने विश्वास रहेको पाटनस्थित बंगलामुखी मन्दिरमा पूजागर्न आएका भक्तजनहरु बताउँछन् । उनीहरुका अनुसार शत्रुलाई भ्रमित पार्ने, अकाल मृत्युबाट बचाउने लगायत कली युगमा विशेष बंगलामुखीको पूजा हुने भनेर शास्त्रमा उल्लेख गरिएको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:४५
प्रतिक्रिया दिनुहोस्