Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारले ल्याएको वन नियमावली विरुद्ध महासंघको विरोध र्‍याली (फोटोफिचर)

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ–  सरकारले ल्याएको वन नियमावलीका विरुद्ध वन उपभोक्ता महासंघले काठमाडौँमा विरोध गरेको छ। महासंघका केन्द्रीय अध्यक्ष भारती पाठकले महिलाका विरुद्ध ल्याएको वन नियमावली खारेज नभएसम्म आफ्नो आन्दोलन जारी रहने जानकारी दिइन् ।  देशभरका वन उपभोक्ता संघहरुले विरोध गरिरहेको उनको भनाइ छ। सरकारले ल्याएको वन नियमावलीमा गरिब, आदिवासी, जनजाति, महिला र समुदायको अधिकार कटौती गरेर निजी संस्थानलाई वन हस्तान्तरण गर्ने प्रपञ्च गरेको आरोप पाठकको छ ।  माइती घर मण्डलाबाट सुरु भएको विरोध र्‍याली नयाँ बानेश्वरमा पुगेर कोण सभामा परिणत भएको छ। अध्यक्ष भारतीले कोणसभालाई सम्बोधन गर्दै संघीयताको विरुद्ध ल्याइएको वन नियमावली खारेज गर्न सरकारलाई आग्रह गरेकी छन् । सबै तस्वीर: लक्ष्मी धिमाल  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २२:२८
प्रतिक्रिया दिनुहोस्