Nic Ad Nic Ad
Nic Ad Nic Ad

अंकुराएको क्वाँटी खाँदा यी कुरा हुनुहोस् सावधान

शुक्रबार, मंसिर ९, २०७९
अंकुराएको गेडागुडी स्वास्थ्यकर हुन्छ । तर, यसको सरसफाईमा पर्याप्त ध्यान दिइएन भने यो हानिकारक पनि साबित हुन सक्छ । किनभने, जब यो अंकुराउन थाल्छ, साथसाथै ब्याक्टेरिया पनि पैदा गर्छ । हानिकारक ब्याक्टेरियाकै कारण, अंकुराएको गेडागुडीले शरीरमा प्रतिकुल असर पार्न सक्छ । यसले के कस्ता समस्या निम्त्याउँछ त ? – छालामा संक्रमण अंकुराएको काँचो गेडागुडीमा साल्मोनेला नामक व्याक्टेरिया पैदा हुन्छ । यसले छालामा संक्रमण निम्त्याउँछ । – फूड प्वाइजनिङ अंकुराएको खानेकुरा काँचै सेवन गर्दा यसमा रहेको लिस्टीरिया नामक ब्याक्टेरियाले फूड प्वोइजन हुन सक्छ । – मृगौलामा समस्या धेरै मात्रामा अंकुराएको गेडागुडी सेवन गर्दा त्यसमा रहेको लिस्टीरिया नामक ब्याक्टेरियाले मृगौलामा असर पार्न सक्छ । – टाइफाइड यसमा पैदा हुने साल्मोनेला टाइफी नामक ब्याक्टेरियाले टाइफाइडको समस्या ल्याउन सक्छ । यसका साथै ग्याष्ट्रिक, अल्सर आदिको रोगीले पनि अंकुराएको गेडागुडी सेवन गर्नु लाभदायक हुँदैन । यसले ग्यासको समस्या बढाइदिन्छ । पेट फुलिन्छ । किनभने प्रोटिनलाई पचाउन निकै गाह्रो हुन्छ । अंकुराएको गेडागुडीमा पर्याप्त प्रोटिन हुन्छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:०१
प्रतिक्रिया दिनुहोस्