Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमालेले जिप्रकालाई बुझायो महँगी र भ्रष्टाचारको विरोधमा संकलित हस्ताक्षर {तस्वीरहरु}

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौंँ - प्रमुख प्रतिपक्षी नेकपा एमालेले देशमा व्याप्त महँगी र भ्रष्टाचारको विरोधमा संकलन गरेको हस्ताक्षर जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई बुझाएको छ । पूर्व शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसहितका एमाले नेता-कार्यकर्ता र्‍यालीसहित हस्ताक्षर बुझाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका थिए । एमालेले महँगी, भ्रष्टाचार र विभिन्न खालको विकृतिको विरोधमा साउन २० गतेदेखि तीन दिन अभियानकै रुपमा हस्ताक्षर संकलन गरेको थियो । काठमाडौँको हरेक वडा-वडामा अभियान चलाइएको थियो ।                    
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:०४
प्रतिक्रिया दिनुहोस्