अर्थ सचिवमा पुष्कर‚ राजस्वमा दंगाल
काठमाडौँ - अर्थ मन्त्रालयको सचिवमा कृष्णहरि पुष्करलाई जिम्मेवारी दिइएको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले अर्थसचिवको जिम्मेवारी पुष्करलाई दिएको हो ।
यसअघि अर्थसचिव रहेका मधु मरासिनीलाई मन्त्रिपरिषद्ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेपछि उक्त पद रिक्त थियो । त्यस्तै राजस्वसचिवको जिम्मा रामेश्वर दंगाललाई दिइएको एक मन्त्रीले बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०७:४१
प्रतिक्रिया दिनुहोस्