Nic Ad Nic Ad
Nic Ad Nic Ad

हत्या आरोपमा दाजु-भाइ र श्रीमान-श्रीमतीसहित पाँच जना पक्राउ

शुक्रबार, मंसिर ९, २०७९
महोत्तरी - धनुषाको जनकपुरधाम उपमहानगरपालिका- ७ का १८ वर्षीय अर्जुन साहको हत्या आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी लोहारपट्टी नगरपालिका- ४ घर भई जनकपुरधाम उपमहानगरपालिका- ७ मा डेरा लिएर बस्ने ३२ वर्षीय जितकुमार यादव, सोहीस्थान बस्ने २१ वर्षीय कृष्ण यादव, जनकपुरधाम उपमहानगरपालिका-७ मा डेरा लिई बस्ने २५ वर्षीय सन्तोष कुमार सुडी, धनुषा औरही गाँउपालिका- २ घरभई क्षीरेश्वरनाथ नगरपालिका-३ महेन्द्रनगरमा डेरा लिई बस्ने २१ वर्षीया प्रमिला महरा र सोही स्थानका २७ वर्षीय विगुल मुखिया रहेका छन् । पक्राउ पर्ने जितकुमार र कृष्ण दाजुभाइ हुन भने प्रमिला र विगुल श्रीमान श्रीमती हुन् । साहलाई अपहरण गरी कर्तव्य गरी मारी फालेको भन्दै मृतकको बुबा दिलिपले उजुरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । अनुसन्धानको क्रममा अभियुक्तहरूले साहलाई लोहारपट्टीको फूलबरिया गाउँमा रिजर्भमा जाने भनि झुक्याई निजको इ-रिक्सा (टेम्पो) मा बसी महोत्तरीको लोहारपट्टी- ८ भगवानपुर चौरस्थित भ्रमरपुराबाट लोहारपट्टी लगिएको थियो । सोही स्थानमा पक्राउ परेका जित कुमार र सन्तोषले अर्जुनको घाँटीमा पासो लगाई हत्या गरी सोही बाटोको पश्चिम साईडमा रहेको नहरमा फालेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:०४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार