माउन्टेन हाइड्रो नेपालको नाफा ६७७.७३% ले बढ्यो
काठमाडौं : माउन्टेन हाइड्रो नेपालले गत आर्थिक वर्षको चौथो माससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले यस अवधिसम्म १४ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यसले १ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको थियो । नाफा ६७७.७३% ले वृद्धि भएको हो ।
एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट ६० करोड ८१ लाख ८३ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ । अघिल्लो वर्ष यसको सो आम्दानी ५३ करोड २५ लाख रुपैयाँ रहेको थियो । विद्युत् बिक्रीबाट हुने आम्दानी वृद्धिसँगे यसको नाफा बढेको छ । साथै, फाइनान्सीयल कस्ट घटेकाले पनि नाफा बढ्न सहयोग पुगेको हो ।
असार मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ५८ पैसा पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ ३४ पैसा छ । यस हाइड्रोको रिजर्भ कोषमा ४२ लाख २८ हजार रुपैयाँ रहेको छ भने चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २०:५१
प्रतिक्रिया दिनुहोस्