उपत्यकामा दुई दिन गाईजात्रा (तस्वीरहरु)
काठमाडौं–आज गाईजात्रा अर्थात् नेपालमा बसोबास गर्ने आदिवासी नेवार जातिले मनाउने विशेष अनि भिन्न प्रकारको चाड हो । परिवारमा दिवंगत भएकाको आत्मा शान्तिका लागि गाईजात्रा मनाइन्छ ।
काठमाडौं उपत्यकाका विशेषत काठमाडौं, भक्तपुर र ललितपुरको नेवार बस्तीमा यो जात्रा धुमधामका साथ मनाइन्छ । गाईजात्राको दिनमा गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्दा स्वर्गमा पुगिन्छ भन्ने मान्यता पनि छ र बाँचेकाहरूको भलो होस् र मरेकाहरूको पनि मोक्ष प्राप्ति होस् भनेर यो जात्रा मनाउने गरिन्छ ।
मल्लकालीन नेपालका राजा प्रताप मल्लले आफ्नो छोरा चक्रवर्तेन्द्रको नाबालक अवस्थामै मृत्यु हुँदा आफ्नी रानीलाई सम्झाउन निक्कै मुश्किल भयो । यस्तो शोक धेरै नेपालीले सहेका छन् भनी देखाउन उनले मृत्यु पीडा भोगेका परिवारलाई दरबारमा बोलाए ।
पछि जनताले मृतकको नाममा मान्छेलाई गाई बनाएर बाजागाजा र झ्याली बजाउँदै चित्रविचित्रका अनुहार भएका मान्छेहरूको गाइजात्रा लिई दरबारमा पुगे । त्यो सबै शोकमा डुबेकी रानीले देखिन् र एक्कासि हाँस्न थालिन् । त्यसपछि राजाले रानीको शोक मेटाउन मद्दत गरेको भनी जनतालाई इनाम दिए । त्यसपछि हरेक वर्ष गाइजात्रा पर्व मनाउन थालियो ।
बिशेषगरि नेवारी समुदायले मनाउने यो जात्रा अहिले भने फेशन जस्तै भएको छ। नेपालकै राजधानी काठमाडौँको संसारका हरेको कुनाबाट आएर बसोबास गरेको हुनाले रिति तिथि, सस्कार र सस्कृति बुझ्नेले यो चाडलाइ चाडकै रुपमा लिने गरेको छ भने अन्य समुदाय र संस्कृतिबाट आएकाले यो जात्रालाई एक रमाइलोको रुपमा लिने समेत देखिएको छ ।
जस्तै कलाकारहरुले यो दिनमा सडक तथा स्टेज कार्यक्रम गरेर हास्यव्यंग्य समेत गरेर यो जात्रा मनाउने गर्दछ भने केहिले माग्ने र कमाउने समेत मनोसायले यो जात्रालाई मनाएको देखिन्छ । आजको दिन राजधानीमा उपत्यका बिदा समेत दिने गरिन्छ ।
यो जात्रामा दिवंगत भएको व्यक्तिको आत्मा शान्तिको सोहि घरमा भएका स–साना बालकलाई गाईजस्तो बनाएर र सजाएर सडकमा घुमाउने गरिन्छ । यदी सो घरमा साना बालक नभए घरमा जो छन्, छोरा मान्छे उसैलाई नै सडक परिक्रमा गराउने गरिन्छ ।
तर काठमाडौं यो पटक दुई दिन गाईजात्रा मनाउने भएको छ । काठमाडौंबासीका अनुसार नेवा गुठीःदेय दबु र ज्यापू महाःगूठीले भने शनिबार मनाउने भएको छ । भोलि फेरि गाईजात्रा मनाउने उनीहरुको तयारी छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ००:३२
प्रतिक्रिया दिनुहोस्