लाल सिंह चढ्ढालाई आइएमडीबीमा खराब रेटिङ
मुम्बई–आमिर खानको फिल्म ‘लाल सिंह चढ्ढा’ रिलिज भइसकेको छ । फिल्म ट्रेलर रिलिजसँगै विवादमा तानिएको छ । आमिर र अभिनेत्री करिना कपूरको पुरानो बोलीलाई स्मरण गर्दै सामाजिक सञ्जालमा फिल्म बहिस्कारको माग गरिरहेका छन् । यही बीचमा आमिरलाई अर्को ठूलो झट्का लागेको छ ।
आइएमडीबीमा ‘लाल सिंह चढ्ढा’लाई लिएर खराब रेटिङ मिलेको छ । प्रयोगकर्ताले अगष्ट ११ मा रिलिज फिल्मका लागि खासै प्रेम दर्शाउन सकेका छैनन् ।
आइएमडीबीमा दर्शकबाट फिल्मको रेटिङ लिइन्छ । जसमा मानिसहरु फिल्मको कथा, अभिनय र संगीत आदिलाई लिएर अलग–अलग किसिमको रेटिङ गर्छन् ।दर्शकले आमिरको फिल्मलाई ४ दशमलब ३ रेटिङ दिएका छन् ।
आमिरको करियरमा यो अहिलेसम्मकै सर्वाधिक कम रेटिङ हो । यो रेटिङ दर्शकहरुको ५२ हजार मत पछि आएको हो ।
आइएमडीबीमा आमिरको फिल्म ‘३ इडियट्स’ले सबैभन्दा राम्रो अर्थात ८ दशमलब ४ को रेटिङ पाएको थियो । यसपछि ‘दंगल’ले ८ दशमलब ३ रेटिङ पाएको थियो ।
-दैनिक जागरण
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०१:५९
प्रतिक्रिया दिनुहोस्