Nic Ad Nic Ad
Nic Ad Nic Ad

सातामा सुनको मूल्य एक हजारले वृद्धि

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं–नेपाल सुनचाँदी व्यवसायी महासंघले यो साता सुनको मूल्य एक हजार रुपैयाँ बढेको जनाएको छ । महासंघका अनुसार गत आइतबार अर्थात साताको कारोबारको पहिलो दिन ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार ९७ हजार ३०० रुपैयाँमा कारोबार भयो । यस्तै सोमबार आइतबारकै मूल्यमा कारोबार हुँदा मंगलबार ९६ हजार ९००, बुधबार ९७ हजार १०० र बिहीबार ९६ हजार ६०० रुपैयाँमा कारोबार भयो । यस्तै साताको अन्तिम दिन भने ९७ हजार ३०० रुपैयाँमा कारोबार भएर बजार बन्द भयो । अघिल्लो साताको शुक्रबार सुनको मूल्य ९६ हजार ८०० रुपैयाँ कायम थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०८:०१
प्रतिक्रिया दिनुहोस्