कांग्रेस केन्द्रीय कार्यसम्पादनको बैठक बस्दै
काठमाडौं–नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिवार बिहान ९ बजे पार्टी कार्यालय सानेपामा बस्दैछ । पार्टीका प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताका विषयमा छलफल हुनेछ ।
उनले बैठकमा निर्वाचनको तयारी, भदौ २ देखि २४ गतेसम्म देशव्यापी सञ्चालन हुने संगठन सुदृढीकरण अभियान तथा साउन ३० र ३१ गते हुने जनप्रतिनिधिको भेलाको विषयमा समेत छलफल हुने बताए ।
सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने घोषणा गरेसँगै पाँचदलीय गठबन्धनको नेतृत्व गरेर कांग्रेस चुनावमा होमिएको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २३:३२
प्रतिक्रिया दिनुहोस्