Nic Ad Nic Ad
Nic Ad Nic Ad

ब्राजिलमा राष्ट्रपतिबाट लोकतन्त्र खतरामा पर्न लागेको भन्दै प्रदर्शन

बिहीबार, मंसिर ८, २०७९
काठमाडौ - हजारौं ब्राजिलियन नागरिकहरु देशका लोकतान्त्रिक संस्थानहरूको रक्षाको सुनिश्चिता हुनुपर्ने मागसहित भेला भएका छन् । उनीहरु सन् १९७७ मा युनिभर्सिटी अफ साओ पाउलोको कानुन संकायमा भएको विशाल भेला भएकै स्थानमा जम्मा भएका थिए । तत्कालीन सैन्य तानाशाहको विरोधका लागि सन् १९७७ मा विश्वविद्यालय प्राङगणमा भेला गरिएको थियो । त्यस अवसरमा ‘ब्राजिलियनहरुलाई एक चिठी’ को वाचन गरिएको थियो । आगामी अक्टोबरमा ब्राजिलमा राष्ट्रपतीय निर्वाचन हुँदैछ । तर वर्तमान राष्टपतिले आगामी निर्वाचनमा हुने हार नस्वीकार्ने संकेत गर्ने गरेका छन् । पछिल्लो समय उनले निर्वाचन गन्ती आदि कुरामा सेनाको भूमिका बढाउनुपर्ने बताउन थालेका छन् । दक्षिणपन्थी राजनीतिज्ञ बोल्सोनारोले सत्ता हस्तान्तरण गर्न नमाने ब्राजिलको नाजुक लोकतन्त्र जोखिममा पर्ने तिनको चिन्ता छ । बिहीबारको सभामा पनि सन् १९७७ को भेलामा जस्तै एक घोषणापत्र वाचन गरिएको थियो । त्यसमा आठ लाख जनाले हस्ताक्षर गरेका छन् । ‘कू को जोखिम बढेर गएकाले लोकतन्त्रको सुनिश्चितता गर्न हामी नागरिक समाज एकजुट भएर संघर्षमा उत्रिएका हौं,’ सन् १९७७ को चिठ्ठी र बिहीबार वाचन गरिएका दुई दस्तावेज लेख्न सघाएका पूर्व कानुनमन्त्री कार्लोस डियाजले भने । साओ पाउलो विश्वविद्यालयको कानुन संकायको जाने मुख्य गेट बाहिर विद्यार्थीहरुले प्रजातन्त्रको पक्षमा नारा लगाएर र्याली पनि निकालेका थिए । र्यालीका कारण रोकिएका ट्रक ड्राईभरहरुले हर्न र तालीले विद्यार्थीहरूप्रति समर्थन जनाएका थिए । बोल्सोनारोको लोकतन्त्रप्रतिको प्रतिबद्धता बारम्बार आशंका पर्ने पर्छ । उनले पटक-पटक देशलाई दुई दशकसम्म आक्रान्त बनाएको सैन्य शासकको प्रशंसा गर्ने गरेका छन् । उनले ब्राजिलमा मतदानको लागि प्रयोग हुने भोटिङ मेसिनहरुमा छेडखानीको सम्भावना रहेको बताउने गरेका छन् । मत सर्वेक्षणहरुमा बोल्सोनारो पूर्व राष्ट्रपति लुईज इनासियो दा सिल्भा (लुला) भन्दा दुई अंकको संख्याले पछाडि देखिएका छन् । एजेन्सी
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:२९
प्रतिक्रिया दिनुहोस्