अहिले सलमान रुस्दीको अवस्था कस्तो छ ?
लण्डन– बेलायती लेखक सलमान रुस्दीको अवस्था अझै नाजुक छ । उनी अमेरिकाको पेन्सिलभेनियास्थित अस्पतालमा भेन्टिलेटरमा छन् ।
उनको शरीरमा चक्कु प्रहारका गहिरो घाउ छन् । शुक्रबार भारतीय मूलका लेखक सलमान रुस्दीलाई साहित्यिक मञ्चमा भाषण दिन गएका हादी मतर नामका युवकले घाँटी र शरीरमा विभिन्न ठाउँमा छुरा प्रहार गरेका थिए ।
बुकर पुरस्कार विजेता सलमान रुस्दी आफ्नो पुस्तक ‘द सैटानिक भर्सेस’का लागि केही दशकदेखि ज्यान मार्ने धम्कीको सामना गर्दै आएका छन्।
योसँगै सलमान रुस्दीका आक्रमणकारीमाथि हत्या प्रयास र आक्रमणको आरोप लगाइएको छ । आक्रमणकारी हादी मतरलाई हिरासतमा पठाइएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनलगायत सबै विदेशी नेताहरूले पनि सलमान रुस्दीमाथि भएको घातक हमलाको निन्दा गरेका छन् । उनले सलमान रुस्दी सधैँ सत्य, साहस र सिद्धान्तको पक्षमा रहेको बताए । उनले निर्भयताका साथ आफ्नो विचार सबैका अगाडि राखेका छन् ।
बाइडेनले रुस्दीमाथिको आक्रमणलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण भनेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०२:५९
प्रतिक्रिया दिनुहोस्