Nic Ad Nic Ad
Nic Ad Nic Ad

उम्मेदवारले १५ दिन मात्र चुनाव प्रचारप्रसार गर्ने पाउने

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि प्रचारप्रसारका लागि १५ दिन मात्रै दिने तयारी गरेको छ। यसअघि २०७४ को चुनावमा प्रचारप्रसारका लागि ३९ दिन दिएको आयोगले लामो समय दिँदा चुनाव विकृति बढेको भन्दै यसपटक प्रचारका लागि १५ दिने तयारी अघि बढाएको हो। आयोगमा छलफलका क्रममा रहेको प्रतिनिसभा र प्रदेशसभा सदस्य निर्वाचन निर्देशिकामा प्रचारका लागि १५ दिन मात्रै दिने प्रस्ताव राखेर छलफल भइरहेको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए। ‘मनोनयनपछिको १५ दिन प्रचार गर्न पाउने गरी हामीले छलफल अघि बढाएका छौँ’, उनले भने।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:४२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार