तीन महिनाभित्र ब्याटिङमा सुधार ल्याउने प्रशिक्षक मनोजको घोषणा
काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले आफूले नेपाली टोलीको ब्याटिङमा सुधार गर्ने दाबी गरेका छन् ।
आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक प्रभाकरले नेपाली टोलीको मुख्य समस्या ब्याटिङमा रहेको भन्दै तीन महिना भित्रै ब्याटिङमा धेरै सुधार आएको अनुभव गर्न पाउने दाबी गरेका हुन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रशिक्षक प्रभाकरले पहिलो दिन आइतवार कीर्तिपुरको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सबै खेलाडीको ब्याटिङ हेरेको र उनीहरूमा भएको कमजोरी भेटाएको जानकारी दिए ।
विश्व क्रिकेट लिग–२ मा नेपाली टोलीले २० खेल खेलिसके पनि नेपाली टोलीका लागि अब १६ खेल बाँकी रहेको उनले आफ्नो प्रशिक्षणमा खेलाडीहरुले धेरै खेलमा सफलता पाउने बताए ।प्रशिक्षक प्रभाकार क्यानेडियन प्रशिक्षक पुबुदु दासानायकेको राजीनामापछि नेपाल आएका हुन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०४:०७
प्रतिक्रिया दिनुहोस्