आँप खानेबित्तिकै खान नहुने यी खानेकुराहरू
आँपलाई फलफूलको राजा पनि भनिन्छ। स्वाद र सन्तुष्टि दुवैका दृष्टिकोणले आँपलाई धेरैले मन पराउने गरेका छन्। आँपलाई फलको रूपमा मात्र नभएर ताजा अचार, संरक्षित अचार, जुस, सेक, सलाद, जाम आदीको रूपमा पनि खाने गरिएको छ। आँपका पारखीहरूले आँपलाई अनेकौँ खानेकुराहरूका साथमा खाने गरेका छन्।
यसरी विभिन्न बस्तुहरूसँग आप खादा अथवा आँप खाने बित्तिकै अन्य चीजहरू खाँदा यो संयोगले स्वास्थ्यको लागि राम्रो गर्दछ कि गदैन भन्ने कुराको ज्ञान हुँन जरूरी छ। नत्र यो संयोगले स्वास्थ्य चौपट्ट बनाउन पनि सक्दछ। यसर्थ आँपसँग एकसाथ खान नहुने यी खानेकुराहरूलाई सबैले बुभ्mन आवश्यक छ।
१ करेला: आँप र करेलालाई एकसाथ खानु वा आप खाएपछि करेलाको तरकारी खानु वा करेलाको तरकारी खाए पश्चात आँप खानु स्वास्थ्यको लागि हानिकारक हुन सक्दछ। आँप खाए पछि वा अघि तीतेकरेलाको सेवन गर्दा वाकवाकी लाग्ने, वान्ता हुने, श्वास फुल्ने र पखाला चल्ने जस्ता लक्षणहरू देखापर्दछ।
२ तातो दुध: तातो दूध खाने बित्तिकै आँप खानु वा आँप खाने बित्तिकै तातो दूध पिउनु हुँदैन । प्राकृतिक चिकित्सामा आँपलाई चिसो दूधसँग पनि नखानु भनिएको छ। आँपलाई दूधसँग खाने गर्दा पाचन क्रियामा समस्या आउने गर्दछ।
३ खुर्सानी: आँप खाए लगत्तै खुर्सानी वा अन्य पिरो हालिएको खानेकुरा खानु हुँदैन । आँप र खुर्सानीको सेवनले एकसाथ वा लगत्तै सेवनले पेट र छालाको समस्या निम्त्याउँदछ भने वाकवाकी लाग्ने, पखाला चल्ने समेत हुने गर्दछ।
४ दही: हुनत धेरैले आँपलाई दहीसँग पनि खाने गरेका छन् तर दही र आँपलाई एकसाथ खादा स्वास्थ्यलाई हानी पुग्छ। किनकी दही र आँपको प्रकृति मिल्दैन । दही चिसो प्रकृतिको हो भने आँप उष्ण प्रकृतिको खानेकुरा हो । दही र आँपको एकसाथ सेवनले पाचन समस्या र दीर्घकालमा गएर छालाको समस्या निम्त्याउँछ।
५ पानी: आँप खाने बित्तिकै पानी पिउँदा आँपको पाचनको लागि आवश्यक ईन्जाईमहरूलाई पानीले निस्तेज बनाई दिनेहुँदा आँपको पाचन ठीकसँग नहुने र बिजातीय द्रव्यको उत्पादन धेरै भएर शरीरमा अनेकौँ दोष सञ्चय हुने हुँदा आँप खाने बित्तिकै पानी पिउनु र पानी पिए लगत्तै आँप खानु हुँदैन।
६ कोल्डड्रिङ्कस: आँप र कोल्डड्रिङ्कसको प्रयोगलाई पनि सर्वथा बर्जित मानिएको छ। आँपसँग कोल्डड्रिङ्कस खाँदा कोल्डड्रिङ्कसले आँपलाई पूर्णरूपमा विकृत बनाई दिन्छ पाचनमा समस्या, वाकवाकी, बान्ता पखाला आदि हुन्छ। यसैगरी आँपको पोषक तत्त्वलाई कोल्डड्रिङ्कसको कार्बनडाई अक्साइडले नष्ट गरिदिने हुँदा एकसाथ वा खाने बित्तिकै खानु हुँदैन।
७ तारे /भूटेका खानेकुरा: आँप र तारे/भूटेका खानेकुराहरू पनि एकसाथ खानु हुँदैन। किनकी तारेभूटेको खानेकुराहरूमा उच्चमात्रामा कर्बन हुन्छ जसले आँपको पोषक तत्वहरूलाई नष्ट गर्नुका साथै आँपसँग मिलेर विषक्तता पैदा गर्दछ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २३:३३
प्रतिक्रिया दिनुहोस्