प्रभु बैंकका ग्राहकले ग्रीन लाइफ हेल्थ केयर मा विशेष छुट पाउने
काठमाडौँ– प्रभु बैंक लिमिटेडका ग्राहकले ग्रीन लाइफ हेल्थ केयर प्रा .लि. का विभिन्न सेवाहरुमा छुट पाउने भएका छन् ।
बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमला र ग्रीन लाइफ हेल्थ केयर प्रा .लि. का तर्फबाट प्रमुख प्रशासनिक अधिकृत सरिता ढकालद्घारा छुट सम्झौतामा आज हस्ताक्षर गरेका छन् ।
प्रभु बैंक र उक्त प्रा .लि बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरेका सम्पूर्ण ग्राहक महानुभावहरुले ग्रीन लाइफ हेल्थ केयर प्रा .लि. द्धारा सञ्चालित सेवामा, (चिकित्सक परामर्श शूल्क) बाहेक अन्य सेवा शूल्कमा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ । साथै फार्मेसी सेवा शूल्कमा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।
उतm सम्झौता अन्तर्गत ग्रीन लाइफ हेल्थ केयर प्रा .लि. मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, ग्रीन लाइफ हेल्थ केयर प्रा .लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।
यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०२:५९
प्रतिक्रिया दिनुहोस्