पशुपतिनाथमा साउने अन्तिम सोमबारको चहलपहल (तस्वीरहरु)
काठमाडौं– आज यो वर्षको साउनको अन्तिम सोमबार । आजको दिन बिहानदेखि नै पशुपतिनाथ मन्दिर परिसरमा ब्रत समापन गर्नेहरुको बाक्लो उपस्थिति छ । साउने सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले पनि विशेषत महिला भक्तजनहरुले शिवको पूजा गर्दै आज विधिपूर्वक ब्रत समापन गर्दैछन् ।
महिला श्रद्धालुहरु आजको दिन व्रत, पूजापाठ, दान लगायतका कर्म गर्छन् । पशुपतिलगायत देशभरका शिवालयमा बोलबम तीर्थालुहरुको पनि उत्तिकै घुँइचो लागेको छ । काठमाडौंको पशुपतिसहित भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर लगायतका शिवालयहरुमा भक्तजनको घुइँचो नै छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ००:०७
प्रतिक्रिया दिनुहोस्