Nic Ad Nic Ad
Nic Ad Nic Ad

विवेक र मोनिका मोडल हन्ट नेपाल

बुधबार, मंसिर ७, २०७९
काठमाडौं– नुवाकोटकी १९ वर्षीया मोनिका अधिकारी र काठमाडौंका २० वर्षीय विवेक खड्गीले ‘जोय मोडल हन्ट नेपाल २०२२’ को शीर्ष उपाधि चुमेका छन् । २६ प्रतियोगितालाई पछि पार्दै अधिकारी महिला र २४ प्रतियोगीलाई पछि पार्दै खड्गी पुरुषतर्फको विजेता बनेका हुन् । शनिबार साँझ आयोजित स्पर्धामा शीर्ष विजेता दुवैले उपाधिका साथमा नगद ५ लाख बराबरको उपहारसहित आगामी १ देखि १५ सेप्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेशनलमा’ र ‘मिस्टर टुरिजम वर्ल्ड’ मा क्रमशः महिला र पुरुषले नेपालको प्रतिनिधित्व गर्नेछन् । मोडल हन्ट नेपालको यो सातौं संस्करण हो । प्रतियोगितामा सम्राट सिंह र मल्लिका फैजु ‘फस्ट रनर अप’, स्मृति श्रेष्ठ र सुरज गोयन्का ‘सेकेन्ड रनर अप’ भएका थिए । प्रतियोगितामा कृपा श्रेष्ठ र आदर्श श्रेष्ठ ‘मष्ट स्टाइलिस’, विवेक खड्गी र साइच्छा थापा ‘वेस्ट पर्सनालिटी’, सारा राई र कर्मा तोपग्ये ‘वेस्टवाक’, एन्जल राई र उगल लिम्बु ‘मिष्टर एण्ड मिस मल्टिमिडिया’, रुविन श्रेष्ठ र पल्पसा श्रेष्ठ ‘पब्लिक च्वाइस’, स्मृति श्रेष्ठ र सम्राटप्रताप सिंह ‘मस्ट फोटोजेनिक’, मल्लिका फैजु र मौसम देवन राई ‘वेस्ट फिजिक’ र ‘फिगर’, सरन एरिक विलियम्स र मोनिका अधिकारी ‘कर्मसियल मोडल’ तथा सुर्य महर्जन र स्तुति श्रेष्ठ ‘मष्ट पपुलर’ विजेता बने । प्रतियोगीताको निर्णायकमा नुतन श्रेष्ठ (मिष्टर नेपाल २०२२), नम्रता श्रेष्ठ (पुर्व मिस नेपाल २०२०), प्रशान्त ताम्राकार (फष्ट म्यानहन्ट इन्टरनेशनल १९९५), अभिमन्यु सिंह तमोर (अन्तराष्ट्रिय कोरियोग्राफर), राजभाई सुवाल (फोटोग्राफर) मदन रौनियार (जोय कस्मेटिक नेपालकमा चियरम्यान) रहेका थिए ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २०:१६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार