Nic Ad Nic Ad
Nic Ad Nic Ad

भुवन केसीविरुद्ध मुद्दाको सुनुवाइ हुँदै

बुधबार, मंसिर ७, २०७९
काठमाडौं - चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुको मुद्दाको आज (सोमबार) सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा मुद्दाको पेशी तोकिएको छ । चलचित्र विकास बोर्डको अध्यक्ष बन्न अयोग्य भएको भन्दै २६ साउन (बिहीबार) केसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो । नरेश कुमार पौडेलसहित पाँच जनाले केसीलाई नियुक्ति गर्ने सरकारको निणर्य खारेजको माग गर्दै रिट दायर गरेका हुन् । गत साउन ९ गते बसेको मन्त्रिपरिषद बैठकले केसीलाई बोर्डको अध्यक्ष नियुक्त गर्ने निणर्य गरेको थियो । विकास बोर्डको अध्यक्ष हुनलाई स्नातक उत्तीर्ण हुनुपर्ने प्रावधान भए पनि केसीले प्रमाण पत्र तह मात्रै उत्तीर्ण गरेको रिटमा दावी गरिएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १९:५२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार