युवा संघले उठायो बानेश्वरको फोहोर {फोटो फिचर}
काठमाडौँ - काठमाडौंको मुटु मानिएको बानेश्वरको फोहोर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले सफा गरेको छ । सोमबार बानेश्वरको सडकमा थुप्रिएको फोहोरलाई एमाले निकट युवास संघका कार्यकर्ताहरुले उठाएका हुन् ।
विसर्जनस्थलमा देखिएको विवादका कारण काठमाडौंको नियमित रुपमा उठाउन समस्या भइरहेका बेला युवा संघ नेपालले बानेश्वरको फोहोर उठाएको हो । नेकपा एमालेले सरकारले महानगरलाई आवश्यक सहयोग नगर्दा फोहोर उठाउन समस्या भइरहेको आरोप लगाउँदै आएको छ ।
एमालेले काठमाडौंका मेयर बालेन्द्र शाहलाई फोहोर व्यवस्थापनको सवालमा एमालेसँग सहकार्य गर्न आग्रह गरेको छ । एमालेले फोहोर व्यवस्थापनमा सरकारको हुत्ती नभएको आरोप लगाएको छ । यस्तै काठमाडौंबाट फोहोर बोकेर गएका गाडीलाई अवरोध हुन नदिन आज बञ्चरेडाँडामा प्रहरी परिचालन गरिएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १२:०८
प्रतिक्रिया दिनुहोस्