भदौ अन्तिममा नेपाल पुर्वाधार सम्मेलन
काठमाडौं– ‘विकासका लागी पुर्वाधार’भन्ने नारासहित भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा चौथो संस्करणको नेपाल पुर्वाधार सम्मेलन हुने भएको छ । उच्च अंकको आर्थिक वृद्धि हासिल गर्न पुर्वाधारमा लगानी आवश्यक रहेको भन्दै आगामी भदौ २३ र २४ गते काठमाडौंमा सम्मेलन हुन लागेको हो । सम्मेलनको सह–आयोजकमा लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यावसायी समुदाय रहेका छन् ।
सम्मेलनको उद्घाटन प्रधानमन्त्री शेरवहादुर देउवाले गर्नेछन् । सम्मेलनमा भारतका सडक, यातायात तथा राजमार्ग मन्त्रालयका राज्यमन्त्री विजयकुमार सिंह, भारतस्थित अडानी समुहका संस्थापक तथा अध्यक्ष गौतमा शान्ति अडानीको विशेष उपस्थिति हुनेछ ।
त्यस्तै नेपालबाट अर्थमन्त्री जर्नादन शर्मा, सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम क्षेष्ठ, र उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री दिलेन्द्रप्रसाद बडुको समेत उपस्थिति हुनेछ ।
नेपाल उद्योग परिसंघका अध्यक्ष भिके अग्रवालले यातायात, उर्जा, शहरी विकास, खानेपानी तथा पुर्वाधार विकासका प्रमुख बाधाहरु पहिचान गर्दै विगतका तीन वटा पुर्वाधार सम्मेलनको समिक्षा गर्ने, पुर्वाधार क्षेत्रमा निजी लगानी आकर्षित गर्ने, उत्थानशील पुर्वाधार परियोजनाहरुलाई प्राथमिकता दिने उद्देश्य रहेको बताए ।
त्यस्तै कोभिडको कारण सन् २०१९÷२० मा नेपालले आर्थिक वृद्धिमा २।३७ प्रतिशतले संकुचित हुदा आर्थिक गतिविधिहरु विश्वव्यापी रुपमा ठप्प हुँदा नेपाल लगायत विश्वले गम्बिर अवरोध सामना गर्नु परेको बताउदै आर्थिक वर्ष २०२२÷२३ मा नेपालले ८ प्रतिशतको आर्थीक बृद्धि हासिल गर्ने लक्ष्य राखेको परिसंघले जनाएको छ ।
त्यस्तै देश विकासको लागी पुर्वाधारहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्ने भएकाले संम्बन्धित विभिन्न निकायहरु संग सहकार्य गरेर अघि बढ्न अध्यक्ष अग्रवलको भनाई छ । त्यस्तै हाल नेपालमा भइरहेको वातावरण परिवर्तनलाई पनि आफुहरुले ध्यानमा राखेर पुर्वाधार विकास तर्फ ध्यान दिने उनको भनाई छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०७:३९
प्रतिक्रिया दिनुहोस्