प्रिमियर लिग फुटबलमा लिभरपुलले बराबरी
लण्डन– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले बराबरी खेलेको छ ।
क्रिष्टल प्यालेससँग १ गोलले पछि परेको लिभरपुलले बराबरी गर्दै १ अंक लिएको हो ।
घरेलु मैदान एनफिल्डमा लिभरपुल ३२ औं मिनेटमा पछि परेको थियो ।
क्रिष्टलका विलफर्ड जाहाले गोल गर्दै अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १ गोलले पछि परेको लिभरपुलले दोस्रो हाफमा बराबरी गोल गरेको थियो ।
तर त्यसअघि लिभरपुल १० खेलाडीमा समेटिएको थियो ।
खेलको ५७ औं मिनेटमा डार्विन नुनेज रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।
१० खेलाडीमा झरेपनि लिभरपुलले ६१ औं मिनेटमा बराबरी गोल गरेको थियो ।
उसका लागि लुईस डियाजले गोल गर्दै सम्भावित हार टारेका थिए ।
बराबरी पछि लिभरपुलले दुई खेलमा २ अंक जोड्दा क्रिष्टलले २ खेलमा १ अंक जोडेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०४:०६
प्रतिक्रिया दिनुहोस्