Nic Ad Nic Ad
Nic Ad Nic Ad

नितिश कुमार गरे मन्त्रिपरिषद् विस्तार, तेज प्रताप यादवले पनि लिए मन्त्री पदको शपथ

बिहीबार, मंसिर ८, २०७९
बिहार– गत हप्ता एनडीएबाट अलग भएर बिहारको नयाँ सरकार गठन गरेका नितिश कुमारले मंगलबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । राजभवनमा राज्यपाल फागु चौहानले सबै मन्त्रीहरुलाई सपथ गराएका थिए । राज्यपालले पहिलो पटक एकै पटक पाँच जना विधायकलाई शपथ गराएका थिए। जसमध्ये आरजेडीका आलोक मेहता, तेज प्रताप यादव, कांग्रेसका मोहम्मद अफाक आलम र जेडीयूका विजय चौधरी, विजेन्द्र प्रसाद यादवले पनि शपथ लिएका छन्। नितिश कुमार र आरजेडी नेता तेजस्वी यादवले गत हप्ता बुधबार मुख्यमन्त्री र उपमुख्यमन्त्रीको सपथ लिएका थिए। नितिश कुमार आठौं पटक बिहारको मुख्यमन्त्री बनेका छन् । आरजेडीबाट सबैभन्दा ठूलो अनुहार तेज प्रताप यादव थिए, जो मन्त्री पद पाएपछि पनि सस्पेन्समा थिए। लालु यादवका जेठा छोरा तेजप्रताप यादव २०१५ मा बनेको महागठबन्धन सरकारमा स्वास्थ्यमन्त्री भएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:३६
प्रतिक्रिया दिनुहोस्