Nic Ad Nic Ad
Nic Ad Nic Ad

बञ्चरेडाँडामा फोहोरका गाडीलाई आज पनि अवरोध, प्रहरी परिचालन गरेर मात्र लगिने

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ - बञ्चरेडाँडामा आज (मंगलबार) पनि बिहानैबाट स्थानीयले फोहोर बोकेको गाडी रोकेका छन् । अहिले फोहोर बोकेर गाएका गाडीहरू सिसडोलसम्म पुगेका छन् । काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धले आज नुवाकोटबाट प्रहरी परिचालन गरी फोहोर व्यवस्थापन गर्ने बताए । यता नेकपा माओवादी केन्द्र धुनिवेशी नगरपालिका-१, धादिङका अध्यक्ष विष्णु तामाङले फोहोरका गाडी बञ्चरेडाँडा लगे जे पनि हुन सक्ने बताएका छन् । उनले भने, ‘फोहोर बोकेका गाडीहरु अहिले सिसडोल ल्याएर राखिएको छ । आज पनि प्रहरी, प्रशासन नै राखेर फोहोर ल्याउने कुरा छ । प्रहरीले दमन गरेर फोहोर ल्याए भने जे पनि हुन सक्छ । हामी सबै स्थानीयहरू डाँडाडाँडामा गुलेली लिएर बसिरहेका छौं ।’ उनले बञ्चरेडाँडाका जनताहरू फोहोरबाट पीडित भएको १७ वर्षसम्म झुलाई रहने काम मात्र भएकाले फोहोरको समस्या सदाका लागि अन्त्य हुनुपर्ने बताएका छन् । सोमबार काठमाडौं, धादिङ र नुवाकोट गरी तीन जिल्लाका २५० जना प्रहरी परिचालन गरेर २०३ ट्रक फोहोर विसर्जन गरिएको थियो । फोहोरमा अवरोध गर्ने आन्दोलनमा स्थानीय सत्तारुढ दलका नेता कार्यकता पनि स्थानीयसँग एकजुट भएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०८:१३
प्रतिक्रिया दिनुहोस्