३३ अर्ब तिर्नै बाँकी छ, इन्धनको मूल्य घट्दैन : आयल निगम
काठमाडौं - नेपाल आयल निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने स्पष्ट पारेको छ । आज (मंगलबार) पत्रकार सम्मेलन गरेर निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउन नसक्ने बताएको हो ।
‘अझै ऋण र भुक्तानीको बक्यौता धेरै छ । त्यसैले अहिलेलाई मूल्य समायोजन गर्न सकिँदैन’, निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीले भने ।
उनले १० अर्ब ऋण रहेको पनि बताए । भारतीय आयल कर्पोरेसन (आईओसी)लाई तिर्न बाँकी २३ लाख रहेको उनको भनाइ छ । दुवैगरी ३३ लाख तिर्न बाँकी रहेको निगमको भनाइ छ । निगमले अहिले मासिक १४ करोड ब्याज मात्र तिर्नु परिरहेको उनले बताए । भारतबाट अहिले इन्धनको मूल्य घटेर आएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०८:३१
प्रतिक्रिया दिनुहोस्