Nic Ad Nic Ad
Nic Ad Nic Ad

रेमिट्यान्स ४.८ प्रतिशत बढ्यो, एक वर्षमा १० खर्ब सात अर्ब भित्रियो

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ - गएको आर्थिक वर्ष २०७८/७९ मा रेमिट्यान्सको आप्रवाह अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा ४.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक वित्तीय प्रतिवेदनअनुसार रेमिट्यान्समा सुधार आएको छ । गत आर्थिक वर्ष कुल १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा पनि रेमिट्यान्स आप्रवाह २.२ प्रतिशतले वृद्धि भएको छ । समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य बढ्दा रेमिट्यान्समा सुधार देखिएको छ । गत आवमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या ३ लाख ५४ हजार ६६० रहेको छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १९८.५ प्रतिशतले बढेर २ लाख ८२ हजार ४५३ पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १९:२८
प्रतिक्रिया दिनुहोस्