झापाबाटै चुनाव लड्ने विश्वप्रकाश शर्माको घोषणा
काठमाडौं–नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गृह जिल्ला झापाबाट निर्वाचन लड्ने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो घोषणा हुन् । यसअघि उनी काठमाडौं ५ बाट चुनाव लड्ने चर्चा थियो ।
‘काठमाडौ ५ मा चुनाव प्रचारमा पुग्नेछु नै । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु । प्रेम उता घरजम यता कुरै हुन्न ।’, उनले ट्वीट गरेका छन् ।
यसअघिको निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाट उम्मेद्वार भएका उनी नेकपा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका थिए ।
https://twitter.com/bishwaprakash77/status/1559763894796959744
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०७:०५
प्रतिक्रिया दिनुहोस्