सरकारविरुद्ध आक्रामक बन्दै द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवार (तस्वीरहरु)
काठमाडौं–द्वन्द्व पीडित सुरक्षाकर्मीका परिवारले सरकारविरुद्ध प्रदर्शन गरेको आज २० औ दिन पुरा भएको छ। सदाझैँ आज पनि माइतीघर मण्डलामा द्वन्द्व पीडित सुरक्षाककर्मीले परिवार संस्था केन्द्रीय समितिसँग सहकार्य गर्दै धर्ना बसेका छन्।
अमर प्रहरी परिवार, अशक्त प्रहरी संघ नेपाल, घाईते तथा अपांग भु.पु. सुरक्षाकर्मी संघ नेपाल, अमर सशस्त्र प्रहरी, सैनिक वीरगति परिवार तथा एकल महिला समूह, उपत्यका अमर प्रहरी परिवार संघको संयुक्त आयोजनामा सरकारले बनाउन लागेको कानुनमा द्वन्द्वपीडित सुरक्षाकर्मीका मागलाई सम्बोधन नगरेको भन्दै विरोध कार्यक्रम गरेका छन्। द्वन्द्वपीडित सुरक्षाककर्मीका र परिवार संस्थाको केन्द्रीय वरिष्ठ उपाध्यक्ष रिता कार्कीको नेतृत्वमा कार्यक्रम शुरु गरेको छ ।
कार्यक्रममा दोषीलाई उन्मुक्ति दिन पाईदैन, सुरक्षाकर्मीको योगदान र बलिदानको कदर गर, बहाल सुरक्षाकर्मीको हौसला बढ्ने गरि परिमाण दे, सहिद सुरक्षाकर्मी अमर रहुन, सुरक्षाकर्मीबिना समाजको कल्पना गर्न सकिँदैन भन्ने मागसहित प्लेकार्ड प्रदर्शन गर्दै धर्ना बसेका छन्।
आज २० औ दिन पुरा हुँदा पनि माग सम्बोधन नभएको भन्दै द्वन्दपीडित सुरक्षाकर्मीका परिवारहरु आक्रोशित भएका छन्। अझै पनि सरकारबाट माग सम्बोधन नभए सडकसंघर्ष अझ ससक्त र भयानक हुने घोषणा समेत गरेका छन। यदी सरकारले पीडितको मागलाई सम्बोधन नगरे सडकमै टायर बाल्ने, सडकमै बास बस्ने र नेपालीसेनाको ब्यारेकमै गएर धर्नासमेत दिने उनीहरुले घोषणा गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:५२
प्रतिक्रिया दिनुहोस्