शोएब अख्तर अस्ट्रेलियाका ब्याट्सम्यानसँग रिसाउँदै भने ‘लज्जास्पद’
लाहोर– पाकिस्तानका फास्ट बलर मोहम्मद हसनैन र अष्ट्रेलियाका क्रिकेटर मार्कस स्टोइनिसबीचको विवाद रोकिने नाम लिइरहेको छैन ।
त्यस्तै, पूर्व पाकिस्तानी क्रिकेटर र रावलपिंडी एक्सप्रेस भनिने शोएब अख्तर पनि यो मामिलामा जोडिएका छन् ।
वास्तवमा यो घटना आइतबारको हो, जब द हन्ड्रेड प्रतियोगिताअन्तर्गत सदर्न ब्रेभ्स र ओभल इन्भिन्सिबलबीचको खेल चलिरहेको थियो ।
यो खेलमा स्टोइनिसलाई पाकिस्तानका मोहम्मद हसनैनले आउट गरेका थिए । तर प्याभिलियन तर्फ निस्कँदा स्टोइनिसले मोहम्मद हसनैनको कार्यलाई बारम्बार दोहोर्याए र हसनैन चकिरहेको संकेत देखाउने प्रयास गरे।
यस घटनामा शोएब अख्तरले ट्वीट गर्दै लेखेका छन्– स्टोइनिसको इशारा शर्मनाक थियो । तपाईं त्यो कसरी गर्न सक्नुहुन्छ? यस विषयमा आईसीसी मौन रहको छ । कुनै पनि खेलाडीलाई त्यसो गर्ने अधिकार छैन, विशेष गरी जब खेलाडीको कार्य पहिले नै क्लियर गरिएको छ।
यस वर्षको सुरुमा हसनैन गलत बलिङ एक्सनमा दोषी पाएपछि निलम्बनमा परेका थिए । बिग ब्यास लिगमा अम्पायर जेरार्ड अबाउडले उनको गलत कार्यको गुनासो गरेका थिए । उसलाई आफ्नो कार्य सुधार गर्ने मौका दिइएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०३:४०
प्रतिक्रिया दिनुहोस्