Nic Ad Nic Ad
Nic Ad Nic Ad

गठबन्धनको वैठकमा प्रस्तुत भएन सिट बाँडफाँटको खाका, शीर्ष नेतासँग छलफल गर्ने

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं - सिट बाँडफाँडका लागि बनेको कार्यदल बैठक बिना निष्कर्ष सकिएको छ । गृहकार्य नपुगेको भन्दै खाका प्रस्तुत नगरी आज (बुधबार) को बैठक सकिएको हो । यसअघिको बैठकले संयोजक कृष्णप्रसाद सिटौलाले शीर्षस्थ नेताहरुसँग छलफल गरी खाका प्रस्तुत गर्ने सहमति भएको थियो । तर शीर्षस्थ नेताहरुसँग छलफल हुन नसकेपछि खाका ल्याउन नसकिएको आजको बैठकमा जानकारी गराएका छन् । ‘पार्टीका शीर्षस्थ नेताहरुसँग छलफल नभएपछि खाका बनाउने गृहकार्य पुगेन । यसमा अझै तयारी गर्नुपर्ने देखिएको छ,’ बैठकमा सिटौलाले भने । कार्यदल सदस्य रामसहाय यादवले शनिबार बस्ने बैठकमा खाका प्रस्तुत गरिने जानकारी दिएका छन् । उनले सिट बाँडबाँडको मुख्य आधार यसअघिको निर्वाचन रहेको बताए । ‘मुख्यतः अघिल्लो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत र हालै सम्पन्न स्थानीय तहको निर्वाचनको मतलाई नै मुख्य आधार बनाउने कुरा भएको छ,’ उनले भने । त्यो विषय शीर्षस्थ नेताहरुसँगको छलफलपछि मात्र टुंगो लाग्ने उनले बताए। शनिबारको बैठकअघि संयोजक सिटौलाले शीर्षस्थ नेताहरुसँग छलफल गर्ने बताइएको छ । ‘संयोजक ज्यु आफै वा हामी सबै शीर्षस्थ नेताहरुसँग छलफल समन्वय गर्नेछौं । त्यसकै आधारमा खाका तयार गरेर सिट बाँडफाँडको प्रतिवेदन तयार गर्नेछौं,’ उनले भने । कार्यदलका सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पनि अहिलेसम्म भएको छलफलबारे नेताहरुलाई जानकारी गराउने र एउटा निणर्यमा पुग्ने बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:४२
प्रतिक्रिया दिनुहोस्