विदेशी मुद्रा साट्ने सोचमा हुनुहुन्छ, यस्तो छ आजको विनिमय दर
काठमाडौँ– नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १२६ रुपैयाँ ८२ पैसा र बिक्री दर १२७ रुपैयाँ ४२ पैसा रहेको छ। युरो एकको खरिद दर १२८ रुपैयाँ ९६ पैसा र बिक्री दर १२९ रुपैयाँ ५७ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ९४९ पैसा र बिक्री दर १५४ रुपैयाँ २२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६८ पैसा र बिक्री दर ३४ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:१२
प्रतिक्रिया दिनुहोस्