नागरिकता विधेयकको विरोधमा मजदुर किसान पार्टीको जुलुस (तस्वीरहरु)
काठमाडौं–नेपाल मजदुर किसान पार्टीले नागरिकता विधेयक पारित हुनबाट रोक्न बिहीबार राजधानीमा विरोध जुलुस तथा सभा गरेको छ । नेमकिपाका केन्द्रीय सदस्य प्रेम सुवालको नेतृत्वमा र्यालीसहित आज कोटेश्वरबाट संसद भवन अगाडि आएर विरोध सभा गरेको हो ।
‘खुल्ला सिमा बन्द गर’, ‘भ्रष्टचारीलाई कारवाही गर’, ‘बढ्दो महँगी नियन्त्रण गर’, ‘भारतीय विस्तारवाद मुर्दावाद’, ‘देशभक्त जनता एक हौं’, ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद’, ‘नेपाल मजदुर किसान पार्टी जिन्दावाद’, ‘देशघाती नागरिकता विधेयक खारेज गर’ भन्दै र्याली निकालिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०४:५७
प्रतिक्रिया दिनुहोस्