नागरिकता विधेयक पारित गर्न मत विभाजन हुँदै
काठमाडौं - नेकपा एमालेले नागरिकता विधेयकमाथि मत विभाजन माग गरेपछि संसदमा मत विभाजनमार्फत नै विधेयक पारित गरिने भएको छ ।
राष्ट्रपतिले सुझावसहित फिर्ता गरिदिएको विधेयक जस्ताको त्यस्तै पारित गर्ने तयारी गरिएपछि नेकपा एमालेले मत विभाजन मागेको हो । नियमावलीअनुसार २८ जना बढी सांसदले उठेर मत विभाजन माग गरेमा गरिनुपर्ने व्यवस्था छ ।
निणर्यार्थ पेस हुने क्रममा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मत विभाजन माग गर्दै प्रधानमन्त्रीसहित सत्ता पक्षका सांसदहरु पनि यसको विपक्षमा उभिन आग्रह गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ००:०४
प्रतिक्रिया दिनुहोस्