नेभिगेशन
सिएन ग्यालरी

पाटनको कृष्ण मन्दिरमा भक्तजनको भिड (फाेटाेफिचर)

काठमाडौँ–  प्रत्येक वर्ष भाद्र कृष्णअष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी  यस वर्ष पनि धुमधामका साथ मनाइएको छ ।  देशभर रहेका हरेक कृष्णको मन्दिरहरूमा आज विशेष मेला लाग्ने गर्दछ।  आज प्रत्येक कृष्ण मन्दिरहरूमा पुजा आजा गरि व्रत समेत मनाउने गरिन्छ। आज काठमाडौँको हनुमानढोका ,पाटनको कृष्ण मन्दिरमा विशेष मेला लाग्ने गर्दछ।   पाटनको कृष्ण मन्दिर अझ बढी भक्तालुको घुइँचो हुने गर्दछ।  काठमाडौँमा भने कृष्ण मन्दिरमा कृष्णको भजन कृतन हुनुको साथै हरेक चोक चोकमा कृष्णको महिमा  झल्काउने तस्बिरहरू प्रदर्शन गर्ने गरिन्छ।  आजको दिन भगवान श्री कृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको हो ।   ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दु पञ्चाङ्ग अनुसार भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले यो दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि पनि भन्ने गरिन्छ धार्मिक शास्त्रमा वर्णन गरिए अनुसार मामा कंस लगायत दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको गर्भबाट भगवान् विष्णुको आठौं अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास  रहेको छ । अष्टमीका दिन कृष्ण मन्दिरमा पुजा आजा गर्नाले कुसंस्कारको अन्त्य गर्दै सत्कर्मको पक्षमा लाग्न प्रेरणा मिल्ने किम्वदन्ती रहेको छ ।  
प्रतिक्रिया दिनुहोस्