Nic Ad Nic Ad
Nic Ad Nic Ad

अस्ट्रेलियाका सहरमा १९७४ एडी

बुधबार, मंसिर ७, २०७९
काठमाडौं–पप ब्याण्ड ‘१९७४ एडी’ले अस्ट्रेलियाका सहरमा ‘यो मन त नेपाली हो अस्ट्रेलिया टुर २०२२’ नामक सोलो कन्सर्ट गर्ने भएको छ । अस्ट्रेलियाका ८ सहरमा व्याण्डले ‘गुराँसै फुल्यो’, ‘सम्बोधन’, ‘परेलीमा लुकाई राखन’, ‘छुँदैन तिम्रो मायाले’, ‘जति माया लाए पनि’, ‘यो मन त मेरो नेपाली’, ‘पहिलो जूनीमा’, ‘चौबन्दी चोली‘ लगायतका करिब २ दर्जन गीत सुनाउनेछ । कार्यक्रम अगस्त २१ देखि सेप्टेम्बर ९ सम्म हुनेछ । आयोजक संस्था रोटेपिङ इन्टरटेनमेन्टले केही ठाउँहरुमा सो सोल्ड आउट भैसकेको र सबैलाई कन्सर्टमा सहभागी भई कार्यक्रम भव्य र सफल बनाउन आग्रह समेत गरेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १९:५०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार